Tuesday, June 7, 2011

मौसम परिवर्तन

सायद यसलाई मौसम परिवर्तन भन्छन् क्या हो...हामी त के जानौ अनि ति बिचरा बझांगी हरुले झन के जानुन. मलाई त पहिले पहिले यो मौसम परिवर्तन भन्ने कुरा साँचो कुरा भन्दा पानी धेरै आफ्नो नियत अनि राजनीतिक कुरा जोडिएको जस्तो लाग्थ्यो. कसैलाई केहि जानकारी नभए पछि क भयो भनेर खोजनै नपर्ने मौसम परिवर्तन ले भाको भन्दे हुने सजिलो कुरा जस्तो लाग्थ्यो तर..अहिले देखिने प्रकृति को नया रुप ले साच्चिकै यो हुन्छ अनि असर देखौदैछ भन्ने लाग्दै छ..

यो पाली यहाँ बझांग मा लालीगुरास देखिन मैले..जुन मौसम मा यो हुन्छा भन्ने मलाई थाहा थियो..त्यो मौसम मा यो पाला भएन..अलि चाडै नै यो फुलेर सकिएछ...

चैत मा मैले जब यता बेमौषमी तरकारी को नर्सरी को तालिम दिएर फर्के अनि अकल्पित मौसम को कारण सबै कुरा खत्तम भए..तेस्को लगत्तैपछि ति ठाउँ हरुमा भयङ्कर हिमपात भयो..के थाहा मलाई चैत मा हिमपात हुन्छ भन्ने..

यहा को २२००-२३०० मिटर को उचाई का ठाउँहरुमा आजकल लामखुट्टे पाइन्छन्...


साच्चै यो पालाको सिजन को परिवर्तन ले हामी जस्ता...बिकाशे... हरुलाई त खत्तम नै बनाउने भो...एउटा कुरा भन्यो सिकायो...राम्रो होला जस्तो हुन्छ अनि कहिले बेसरी पानी पर्छ अनि सबै खत्तम हुने गरी बिगरिदिन्छ..कहिले हिउँ धेरै पर्छ अनि तेस्तै बिगार्ने मात्रै गर्छ...क गर्नु हो हामी..न केहि उपकरण न केहि प्रविधि..मात्र एउटा झोला को भरमा प्राबिधिक बनेर हिड्ने हरु..

सायद संसार मा अविकसित देश मा मान्छे भएर जन्मनु नै गल्ति होइन भने किन अरु कथित बिकासशील देश हरु ले गरेको मोज को कारण ले हामीले दुख पाउदैछौ..न हाम्रो बोलि ले कम गर्ने..करोडौ खर्च गरेर हाम्रो देश का नब राजा हरुले सगरमाथाको फेदी मा बसेर चिया चुस्की लगाउदै गफ मारेको त कम लागेन यो नेपाल को ७३ औं बिकसित जिल्ला मा 'खान नपाएर कमाउन'आको मैले के नै गर्न सकौला..हदै भए नया जोगी बनेर भिक मागेर नया प्रोजेक्ट ल्याएर यहाका जनता को बिजोग स्थिति लाई कागज मा लेखेर अझै बढी पैसा कमाउला..

खाध्य असुरक्षा, मौसम परिवर्तन यी ओजनयुक्त शब्द हरुलाई आफ्नो स्वार्थ लागि प्रयोग नगरी त्यो बाट साच्चिकै पिडित गरिब जनता को हित मा प्रयोग गरिदिए साच्चै कत्ति जति हुने थ्यो नि...

Sunday, May 8, 2011

लादेनको हत्या

TUESDAY, 03 MAY 2011 14:04 राजेन्द्र महर्जन (नागरिक न्युज अनलाईन बाट साभार)

अमेरिकी सेनाद्वारा अफगानिस्तान-पाकिस्तानको सीमामा रहेको पाकिस्तानी सहर एबटाबादमा अल-कायदाका संस्थापक ओसामा बिन लादेन मारिएको र उनको शव अमेरिकासँग सुरक्षित रहेको जानकारी दिँदै राष्ट्रपति बराक ओबामाले सगर्व घोषणा गरे, 'ओसामाको मृत्युसँगै उग्रवादी हमलामा मारिएका मानिसले न्याय पाएका छन्।' लादेनलाई सन् २००१, सेप्टेम्बर ११ मा अमेरिकामाथि भएको भीषण आक्रमणको मुख्य दोषी ठहर्या'उँदै ओबामाले दाबी गर्न भ्याए, 'अमेरिकालाई युद्धको मूल्य थाहा छ, तर आफ्ना जनताको सुरक्षा हाम्रो प्राथमिकता हो।'
'इतिहास साक्षी छ, अमेरिकाले जे गर्न चाह्यो, त्यो गरेर देखाएको छ।' ओसामा बिन लादेन मारिएपछि पनि उनको घोषणाले एउटा यक्षप्रश्नको भने जवाफ दिएको छैन : १० वर्षअघि पेन्टागन र वर्ल्ड ट्रेड सेन्टरमा कसले आक्रमण गरेका थिए? ओबामालगायत धेरैले लादेनको नेतृत्वमा रहेको अल-कायदाका मुसलमान लडाकुले अमेरिकामाथि हमला गरेको दाबी गर्छन्। तर 'सेन्टर फर रिसर्च अन ग्लोबलाइजेसन'मा डा. मिसेल चोसुदोभ्स्कीले अमेरिकी सरकार र सञ्चार माध्यमले प्रचारबाजीबाट भ्रम हटाउँदै गहन अनुसन्धानपछि प्रतिदाबी गरेका छन् : ११ सेप्टेम्बरको आक्रमण अमेरिकी र पाकिस्तानी सैनिक-जासुसीयन्त्रको करामत हो, अल-कायदासँग सम्बद्ध मुसलमान आतंकवादी त तिनका मोहोरामात्रै हुन्।

ओटावा युनिभर्सिटीका अर्थशास्त्रको प्रोफेसर चोसुदोभ्स्कीले अमेरिकी जासुसी संस्था एफबिआइका रिपोर्टसँगै अन्य सामग्रीको गहन अनुसन्धान गरेको देखिन्छ। 'वार एण्ड ग्लोबलाइजेसन : दी टु्रथ बिहाइन्ड सेप्टेम्बर ११' नामक खोजपूर्ण प्रस्तुतिअनुसार ११ सेप्टेम्बरको आक्रमणका लागि लादेनलाई मात्रै दोष दिनु झुठको खेती गर्नु हो। लादेन एक जनालाई देखाएर अमेरिकी जासुसी संरचनाले वार्षिक ४० अर्ब डलर खर्च गर्नु र वर्षौंदेखि 'आतंकवादविरोधी युद्ध' थाल्नु ठूलै जालसाजी हो।

'११ सेप्टेम्बर षड्यन्त्र'को रहस्य खोल्दै डा. चोसुदोभ्स्की अर्काे अमेरिकी जासुसी विभाग एफबीआईको सूचनालाई उद्धृत गर्दै भन्छन्, आक्रमणलगत्तै, सेप्टेम्बर ३० मै एफबीआईका अधिकारीले एबीसी न्युजमा ९/११ आक्रमणका मुख्य नाइके मानिने मोहम्मद अट्टालाई पाकिस्तानको अज्ञात स्रोतले लगानी गरेको पुष्टि गरेका थिए। पाकिस्तानका बैंकबाट अट्टाको नाममा फ्लोरिडास्थित दुइटा बैंकमा एक लाख डलर आक्रमणको केही दिनअघि मात्रै पठाइएको थियो। एफबिआईले पत्ता लगाएकै तथ्यलाई एएफपी र टाइम्स अफ इण्डियाले पनि वासिङ्गटन पठाइएको भारतीय जासुसी रिपोर्टलाई उद्धृत गर्दै थप तथ्यसहित पुष्टि गरेको थियो। रिपोर्टअनुसार अट्टालाई त्यत्रो रकम आइएसआइका प्रमुख जनरल महमूद अहमदको आग्रहमा अहमद उमर शेखले पठाएका थिए। यसको अर्थ हो, आक्रमणका योजनाकारका रूपमा प्रचारित अट्टा संलग्न रहेको अल-कायदालाई सेप्टेम्बर ११ को आक्रमणका लागि आईएसआईले नै लगानी गरेको थियो, त्यो पनि प्रमुखको निर्देशनमा।
डा. चोसुदोभ्स्कीले दिएको तथ्यअनुसार आईएसआईले शीतयुद्धकालदेखि नै सिआईएको 'सहायक संस्था'का रूपमा कार्य गर्दै आएको छ र सिआईए-आईएसआईले अल-कायदालाई सर्बिया, बोस्निया र मेसिडोनियामा सेप्टेम्बर ११ को आक्रमणभन्दा एक महिनाअघिसम्म पनि प्रयोग गर्दै थिए। सिआईएले राष्ट्रपतिहरू कार्टर, रेगन, बुस सिनियर, क्लिन्टन र बुस जुनियरदेखि नै आईएसआईमार्फत् अफगानी तालिबान र साउदी अल-कायदामाथि प्रभाव जमाउँदै आएको छ। 'दी तालिबान : एक्स्पोर्टिङ एक्स्ट्रिमिज्म' का लेखक अहमद रसिदका अनुसार, सीआईए र सिंगो अमेरिकाकै विशाल आर्थिक सहयोगमा सन् १९८० को दशकमा पाकिस्तानी सरकारको समानान्तर हुनेगरी आईएसआईको विशाल संरचना र शक्ति निर्माण गरिएको थियो। आईएसआईसँग सैनिक र जासुसी अधिकारी, नोकरशाह, जासुस र सुराकी गरी डेढ लाखको हाराहारीमा कर्मचारी छन्। त्यसैमार्फत् अफगानिस्तानमा मुजाहिद्दीन, तालिबान र अल-कायदा बनेकाले सीआईए अल-कायदालाई 'हाम्रो जासुसी सम्पत्ति' भन्ने गर्थ्या। हो, १९९९ देखि 'अमेरिकी स्वीकृति'मा जनरल अहमद त्यही विशाल सैनिक-जासुसी संस्थाका प्रमुख बनेका थिए।
कस्तो संयोग, उनै अहमद सेप्टेम्बर ११ को आक्रमण हुनुभन्दा एक साताअघि अमेरिकामा पुगेका थिए। आक्रमणकारी ठानिएका अट्टा र उनी सम्बद्ध अल-कायदाका लगानीकर्ता जनरल अहमद सेप्टेम्बर ४ देखि १३ सम्म आधिकारिक भ्रमणमा रहेकै बेला अमेरिकामा आक्रमण भयो। एफबीआईका अनुसार आक्रमणको नेपथ्यमा रहेका लगानीकर्ता जनरल अहमद र फ्लोरिडाबाट प्रतिनिधित्व गर्ने प्रभावशाली अमेरिकी सिनेटरहरूसँग ब्रेकफास्ट मिटिङका क्रममा आतंकवादबारे, त्यसमा पनि अफगानिस्तानबाट उब्जिएको आतंकवादी खतराबारे छलफल भइरहेको बेला हमला भयो।
अझ अनौठो संयोग, तिनै ग्राहम र गोस नै अमेरिकी सरकारबाट गठित '९/११ अनुसन्धान'का इन्चार्जमा नियुक्त भए। १० वर्षसम्म सीआईएको 'क्लान्डेस्टिन अपरेसन' (गुप्त कारबाही)को भेट्रानका रूपमा काम गरेका गोस तालिबानदेखि अल-कायदासँग, लादेनदेखि अट्टासँग रहेको आईएसआई र जनरल अहमदको सम्बन्धबारे राम्रै जानकार थिए, किनभने जमानादेखि आईएसआई उनकै पूर्वसंस्था सीआईएको मध्यवर्ती संस्था थियो।
आक्रमणअघि-पछि पनि जनरल अहमद पेन्टागनदेखि सीआईएका प्रमुखहरूसँग नियमित छलफलमा व्यस्त रहे र 'आतंकवादको सामना गर्ने उपाय र रणनीतिबारे योजना बनाउनमै' लिप्त रहे। उनी अमेरिकामा रहेको र आतंकवादबारे छलफलमा व्यस्त रहेको खबर आक्रमणपछि मात्रै अमेरिकामा सार्वजनिक गरियो तर, पाकिस्तानी पत्रकार अमिर मातिनले १० सेप्टेम्बरमै उनको अमेरिकाको साता व्यापी विवादास्पद यात्राको रहस्योद्घाटन गरे, 'न्युज पाकिस्तान'मा। उनले इतिहास खोतल्दै भविष्यवाणी पनि गरे, 'नवाज सरिफको सरकारको बेला पनि अहमदका पूर्वअधिकारी जियाउद्दीन बटले अमेरिका भ्रमण गरेको केही दिनपछि नै घरेलु राजनीतिमा उथलपुथल भएको थियो।' स्मरणीय छ, त्यसबेला सेनापति जनरल परवेज मुसर्रफको नेतृत्वमा भएको सैनिक विद्रोहका क्रममा सरिफ सरकारलाई हटाइएको थियो। त्यस विद्रोहमा जनरल अहमदले आईएसआईका प्रमुख भएर मुख्य भूमिका खेलेका थिए।
हुन त जनरल अहमदकै अमेरिका भ्रमणको क्रममा 'आईएसआई-तालिबान-लादेनको संयुक्त अपरेसन'मा अफगानिस्तानमा राष्ट्रवादी र सुधारवादी छविका नर्दर्न अलायन्सका कमान्डर अहमद शाह मसुदको हत्या गरियो, सेप्टेम्बर ११ आक्रमणको दुई दिनअघि। र, जनरल अहमद अमेरिकामा हुँदै आत्मघाती आक्रमण भयो, उनले आर्थिक सहयोग दिएका व्यक्तिबाटै। उनी स्वदेश फर्किएलगत्तै अफगानिस्तान पुगेर तालिबान नेताहरूलाई बिनासर्त लादेनको सुपुर्दगीबारे असफल वार्ता गरेपछि 'आतंकवादविरोधी युद्ध' भयो। र, त्यसै क्रममा अफगानिस्तानमाथि अमेरिकाको भीषण बमवर्षा र फौजी आक्रमण भयो, सेप्टेम्बर ११ पछि उनीसँगै भएको छलफलअनुसार, उनले दिएको 'सहयोग'को बचनअनुसार।
तर अनौठो, अमेरिकी सरकारले अट्टालाई जनरल अहमदले आक्रमणअघि एक लाख डलर पठाएको र अमेरिका-यात्राको क्रममा पनि अट्टासँग उनको सम्पर्क रहेको कुरा स्वीकारेको छैन। तत्कालीन विदेशमन्त्री कोन्डालिजा राइसले गरेको पत्रकार सम्मेलनमा उठेको प्रश्नमा आईएसआईको प्रसंगलाई समेत अभिलेखबाटै हटाइएको छ। आक्रमणअघि र पछि जनरल अहमदसँग निकै नजिक रहेर कार्यव्यापार गरेका सीआईए प्रमुख जर्ज टेनेटले प्रत्येक दिन बिहान ८ बजे गर्ने ब्रिफिङमा राष्ट्रपति बुस जुनियरलाई अहमद-अट्टा सम्बन्धबारे कुनै सूचना दिएनन् भन्ने मान्न गाह्रो छ। तर, १६ मे, २००२ मा 'वासिङ्गटन पोस्ट'मा 'बुस न्यु...' शीर्षकमा राष्ट्रपति बुस जुनियरलाई आक्रमणबारे पूर्वजानकारी रहेको खबर छापिँदा बुस प्रशासनमाथि बम खसेजस्तै भयो। त्यस समाचारलाई बुस प्रशासनले 'पहिल्यै केही चेतावनी र संकेत पाइएको' अर्थमा मात्रै खण्डन गर्योक। सीआईएको भाषामा 'इन्टेलिजेन्स एसेट'को रूपमा रहेको अल-कायदासँग सम्बद्ध मानिएका अट्टा र उनलाई कमान्ड गर्ने अहमदबारे बुसलाई थाहा नहुने सम्भावना कमै छ। अट्टाका प्रमुख कमान्डरले अमेरिकाको क्यापिटल हिलमै सिनेटरहरूसँग बसेर बुनेको आक्रमण योजना बुसलाई ज्ञान नहुने सम्भावना छैन।
यी जम्मै तथ्यले प्रश्न उठाउँछन्, सेप्टेम्बर ११ को आक्रमणका बेला त्यसका प्रमुख अभियुक्त मानिएका लादेन कुन अफगानी गुफामा बसेर आतंकवादी योजना बुन्दै थिए होलान्? सीबीएस न्युजको खबरअनुसार १० सेप्टेम्बर २००१ मा पाकिस्तानको रावलपिण्डीस्थित कमान्ड मिलिटरी हस्पिटलमा भर्ना भएका लादेन आक्रमणको दिन युरोलोजी डिपार्मेन्टमा आरामसँग उपचार गराउँदै थिए। पाकिस्तानी सेनाको हेडक्वार्टर रहेको र अमेरिकी सैनिक सल्लाहकारहरूको भिड लाग्ने रावलपिन्डीको सैनिक अस्पतालमा उपचार गराउँदै गर्दा पनि लादेनबारे कसैले चालसमेत नपाउनु सम्भव छैन। सैनिक अस्पतालमा त उच्च पाकिस्तानी सैनिक-जासुसी अधिकारीको सम्पर्क र सिफारिसबिना लादेनजस्ता व्यक्तिको भर्ना र उपचार पनि सम्भव नहुनुपर्ने हो। अमेरिका र पाकिस्तानी राजनीतिक, सैनिक र गुप्तचर नेतृत्वले साँच्चै समाउन खोजेको भए आक्रमणका नाइके भनिएका लादेनलाई त्यस्तो अस्पतालमा उपचार गराइरहेकै बेला बेडमै समाउन सकिन्थ्यो। तर अमेरिकी प्रशासनलाई लादेन समात्नु नै थिएन, समातियो भने त अफगानिस्तानमा आतंकवादविरोधी युद्ध छेड्न अर्काे निहुँ खोज्ने झन्झट उब्जिन्छ भन्ने तथ्य उसलाई थाहा थियो।
हुन त एफबीआईले सेप्टेम्बर ११ को आक्रमणअघि नै आफ्नो 'टप टेन मोस्ट वान्टेड'को सूचीमा लादेनको नाम पनि टाँस्दै आएको छ। तर अचम्म, लादेनका अपराधको सूचीमा सेप्टेम्बर ११ लाई भने जोडिएको छैन। किनभने एफबीआईले जुलाई २००६ मा सार्वजनिक गरेको भनाइअनुसार सेप्टेम्बर ११ को आक्रमणमा लादेनको सहभागितालाई प्रमाणित गर्ने तथ्य भेट्टिएको छैन। तर, एफबीआई चलाउने अमेरिकी सरकारले भने ७ अक्टोबर २००१ मै लादेन, उनको अल-कायदा र उनलाई आश्रय दिने तालिबान नेतृत्वको अफगानिस्तानविरुद्ध युद्ध छेडिसकेको थियो।

यी जम्मै तथ्यले देखाउँछन्, सेप्टेम्बर ११ आक्रमण त एक बहाना रहेछ, 'आतंकवादविरोधी युद्ध'लाई औचित्यपूर्ण ठहर्यानउने। र, लादेन त बुस प्रशासनका लागि त्यस्ता सीआईए-निर्मित खेलौना मात्रै रहेछन्, उनका ससाना आक्रमण र वक्तव्यवाजीले अमेरिकी जालसाजीलाई उचित बनाउन पो सघाउँदा रहेछन्। यसरी 'आतंकवादविरोधी युद्ध'लाई विश्वव्यापी फैलाउने निहुँ बन्दै आएका लादेनको हत्यापछि अब 'अर्काे लादेन' खोज्ने झन्झट अमेरिकालाई आइलागेको छ। सद्दाम हुसेनपछि लादेन पनि मारिएपछि अब कर्नेल मुअम्मर गद्दाफीलाई सिकार बनाइँदैछ। आतंकवादविरोधी युद्धको तारो गद्दाफीपछि को होलान्, हेर्न बाँकी छ।

केहि अस्वाभाविक सपनाहरु

खप्तड को ट्रेकिन्ग बाट फर्के पछाडी मेरो दिमाग ले लाखौ कुरा हरु सोच्दै छ..सबै ठाउँ मा भाडभैलो तर असंख्य सम्भावनाका श्रोत हरु देख्दा मलाई कहिले ब्यबसायी त कहिले राजनीति गरौ जस्तो लग्न थालेको छ...कहिले कहिँ त उदेक लाग्छ आफै देखि..मा त धेरै सोचेर बहुला त भईन भनेर..हा हा हा..

विदेश प्रति को मेरो मोह भंग हुनु अनि देश भित्र आफै एक्लै रमाउना सिक्नु सायद मेरो जिबनमा आएको ठुलो र यादगार मोड हरु थिए..सल्यान, रुकुम, रोल्पा अनि अहिले बझांग को गरिबी अनि अज्ञानता लाइ नजिक बाट जबर्जस्ति नियाल्ने 'मौका' पाउदा यती पनि दिमाग ले कुरा खेलाएना भने त फेरी मा त पशु नै हुने भए नि..मान्छे भएर मान्छे को त्यसमाथि पनि नेपाली भएर म आफुले आफ्नै देशका नागरिक हरुको गरिबी अनि बिबशता लाई नदेखेझै गरे भने मेरो मन ले मलाई कहिले पनि माफ गर्ने छैन होला सायद..

चुप लागेर बस्नु भन्दा केहि त गरौ... असर राम्रो हुनुपर्छ..सायद त्यो ज सुकै होस ....मेरो काम गर्ने तरिका हो त्यो..धेरै लाई बोरिंग लाग्छ तेस्त कुरा खास गरि हाम्रा 'बिदेशी अन्नदाता हरुलाई' कहिले कहिँ सोच्छु..हामी आफै ले आइडिया निकालेर केहि गर्न पाए पनि हुन्थ्यो नि??

अहिले म बझांग मा २ वटा गाबिस मा धान र मकै को बिउ उत्पादन को कार्यक्रम सुरु गर्दै छु..पैसा नभए पनि जबर्जस्ति खोजेर मिलाएर..हेरौ अब को २ वर्ष मा यहि बसेर यी किसन हरु लाई आम्दानी को लोभ देखाउन सफल भए भने यो कार्यक्रम बझांग मा सधै को लागि सफल हुने छ...

कृषि बजार को बिकाश अनि यहा को सम्भावना बोकेका बलि हरु को आधुनिकीकरण अनि ब्यबसयिकिकरण गर्न केहि हद सम्म सफल भैयो भने के थाहा २०-२५ वर्ष अगाडी खाद्यान्न बाहिर पठाउने तर अहिले नेपाल को सबै भन्दा खाध्य संकट को मार भोग्न बाध्य यी जनता हरु को जीवन मा सुनौलो बिहानी आउने छ कि....

मलाई सपना देख्न सारै मज्जा लाग्छा अनि तेही सपना लाई पछ्याएर आफ्ना जिन्दगीको बाटो कोर्न झनै रमाइलो लाग्छ...

मेरो बाटो त तय छ..कसैले साथ दिए पनि नदिए पनि...तर आशा छ धेरी को साथ लिएर हिड्न सके भने मलाई बाटो काट्न अनि लक्ष्य सम्म पुग्न सरल होला भनेर...