Sunday, February 12, 2012

नयाँ जुग को महाभारत

कुनै दिन दुइ झगडिया पक्षहरु एउटै राजनीतिक पार्टी (नेपाली कांग्रेस) पक्षधर थिए. तिनीहरु बिच पहिलेपनी सानोतिनो झगडा नभएको भने होइन. सुर्मा र दौलिचौर दुवै गाबिसमा त्यहाँका मान्छेहरुको भनाइमा कांग्रेसका पक्षधरहरु बलियो स्थितिमा थिए र छन् अहिले पनी /
एकदिन करिब १ वर्ष पहिले त्यस्तै खालको कांग्रेसी पक्षधरबिचकै झगडा को क्रममा एक व्यक्ति (नाम यकिन छैन मलाई) को हात भाचियो. त्यस घटनालाई आफैमा मत्थर बनाउन प्रयास गरियो तर पिडित व्यक्ति त्यो घटना लगत्तै एमालेमा प्रवेश गरे र त्यो पार्टी प्रवेश लगत्तै घटनाहरुले राजनीतिक रुप लिन थाल्यो. स्थानीय बासीको भनाइमा अहिलेका घटनाहरु पार्टीगत आवरणमा केहि व्यक्तिहरुले आफ्नो रिसिबी साध्न घटाइएको घटनाहरु हुन रे /
करिब १५-२० दिन पहिले त्यो घटना चैनपुर मा घट्यो/ खुकुरी रड लिएर २ परस्पर बिरोधि गुट का मान्छे हरु महाभारत मा झैँ हुलमुल मा नै प्रहार गर्न थाले त्यो बेला प्रहरी ले बडो मुश्किल ले रोक्न सफल भयो / अनि भोलि पल्ट एक अर्का को समुह का व्यक्ति हरु को नाम लिएर धेरै को नाम मा ज्यान उद्योग मुद्धा दर्ता पानी भए. अनि प्रहरी बाट वारेन्ट जारी पानी भयो / तर सबै भागे अनि आ-आफ्नो गौ तिर लुक्न गए. दौलिचौर सदरमुकाम चैनपुर बाट करिब २-३ घण्टा को पैदल दुरी मा पर्छ / त्यो ठाउँ मा अहिले फेरी ‘युद्ध’ चर्केको छ /
बेलामा पुरानो गुटहरुले दिएको दुखको बदला लिन अहिले त्यतीबेला दुख पाएको समुह बिपक्षी गुटको घर तोडफोडगर्ने व्यक्तिमाथि हातपात गर्ने कार्य सुरु गर्न थालेको छ /
बिगतमा के भए त्यो अनुसन्धान अनि कारबाहीको दायरामा आउनु पर्ने हो तर त्यही पुराना कुराहरुलाई कहिले पनी शान्त हुने नदिनेगरी कुनै पार्टीको आवरणमा भड्काउने अनि आफ्ना छरछिमेक नातेदार बिच बसिराखेको सदभाबलाई भाड्ने गरी तोडफोड अनि व्यक्ति हत्या सम्म उत्रने गरी सुरु भएको यो शृंखलाले अगामी दिन मा नयाँ पिढी मा के असर गर्ला?
प्रशासन को उपस्थिति नदेखिने अनि पहुच पानी नभएको त्यो ठाउ मा जनताका भनिने यी पार्टी हरु नै जनता बिच द्वेष फैलाउन सक्रिय भए भने यो मेतौना पहल गर्ने चै कसले?? त्यहाँ अहिले जिल्ला प्रशासन कार्यालय बझांग ले ३०-३२ जना प्रहरी पठाएको छ तर नाम मात्र का न तिनलाई कारबाही गर्ने अधिकार छ न अरु केहि गर्ने बरा ती त आफ्नै सुरक्षा नपाएर डराउदैछन रे /
यसको समाधान के त के यो घटना हरु सधै भरि येस्तै रहने हुन् त? झगडिया २ गुट मा राजनीति (नाम मात्रै को) मात्रै फरक होला तर तिनी बिच महाभारत मा कौरव र पाण्डव जस्तै हाडनाता सम्बन्ध छ, एकापस मा नाता जोडिएको छ कोई ज्वाई ससुरा, साला भेना, सम्धी सम्धी, पर्छन अब तिनै लाई बिच मा फाटो निकालेर कुन चै ले नाफा लिन खोजेको हो पत्तो पाउन गारो छ / बझांग आफैमा सायद नेपाल को चौथो कम् बिकसित जिल्ला हो जसमा अधिकांश (करिब ७०-७५ प्रतिशत ) महिला हरु अशिक्षित छन् / पुरुष हरु को औषत बिबाह गर्ने उमेर मा नेपाल को सबै भन्दा कम (लगभग १७-१८ बर्ष) छ भने महिला को के हालत होला / यो ठाउँ मा जनचेतना मा दवाब देला भन्ने समूह हरु एकार्का बिच बसेको भाइचारा को सम्बन्ध लाई बिगार्ने काम गर्न सुहाउछ /