Wednesday, April 18, 2012

उग्र-तारा मन्दिर: फोटो कथा

तिर्थस्थलहरुको पुर्णता बोकेको नेपालको सुदुरपश्चिमक्षेत्रमा भएका देवीहरुका शक्तिपीठहरु मध्य सबैभन्दा पबित्र मानिने उग्रतारा देवीको मन्दिर डडेल्धुरा सदरमुकामबाट करिब ४ किलोमिटर उत्तर मा पर्दछ/
शान्त अनि सुन्दर परिदृश्यहरु हेर्न पाइने यो मन्दिर क्षेत्र क्रमश: ब्यबस्थित बन्ने क्रममा छ/

Tuesday, April 3, 2012

अझै जेलमै छन् ती भरियाहरु

गत सप्ताह बझांगमा रक्तचन्दनसंगै समातिएका ७२ जना भरियाहरु अहिलेसम्म पनी घर पुग्न पाएका छैनन् बरु बझांगमा नै जेलमा नै सडिरहेका छन्/ मुद्धा प्रष्ट छ कि यसमा संलग्न ठेकेदारहरु को हुन भन्ने तैपनि बझांग जिल्ला प्रशासन निकै ठुलो गिरोह नै समाते झैँ ती जीविकाको नाममा फसाईएका भरियाहरुलाइ जेलमा कोचेर राखेको छ/ साच्चिकै लाज लाग्नु पर्ने होइन प्रहरी प्रशासन अनि नेपाल सरकारलाइ, ती काम गर्ने गरिबहरुलाई यसरि जेलमा राखी राख्नलाइ/

Sunday, April 1, 2012

ती रक्तचन्दनका भरियाहरु

‘घरबाट भरि बोक्ने भनी ल्याया, के भारी भन्ने थाहा नाइँ अब ह्या’ यहो पो रैछ’ ऋषिदह-७, अछामका दलित बहादुर बुढा ले भने/ रक्तचन्दनको बझांगहुदै चिनको स्वशासितक्षेत्र तिब्बतसम्म तस्करी गर्न भरियाको रुपमा ल्याइएका ११२ जना मध्ये दलित बुढाको गाउबाट मात्रै २७ जना छन् र बाजुरा कैलाशमांडू गाबिस, पान्धाराका २६ जना / ‘यो उ समान भनेन १२ दिन लाग्छ चाइनामा समान पहुचाउनु छ खाइपिई दिनको १,००० रुप्पे दिउली हिन भने आयेउ हजुर’ पान्धाराका चन्द्र बहादुर बुढा भन्दैथे/ बझांग को रिठापाटा र सुबेडा गाबिसको बिच मा पर्ने कचाली गाड (खोला) बाट रिठापाटा कै बारील भन्ने ठाउँ मा पुर्याई सकिएको निकै ठुलो परिमाणमा बरामद गरिएको रक्तचन्दन बोक्ने भरिया हरुको व्यथा हो यो/