Sunday, March 25, 2012

खप्तडको मौसम




बझांगमा जागिर गर्ने तय हुने बित्तिकै मेरो मनले सोचेको अनि भाकल गरेको ठाउँ हो खप्तड/ नेपालीहरुले आफ्नो जिबनमा एकचोटी पुग्ने पर्ने ठाउँ खप्तडको लागि अब को ३-४ महिनालाइ मुख्य सिजन मान्दा फरक नपर्ला/ हिउँ खेल्न मन पराउने हरुको लागि यो समय अलि उपयुक्त पनी हो/ तर हिउँ खेल्न पाइने नपाइने अलिकति भाग्यमा पनी भर पर्छ/ आज सम्मको दिनमा पानी परिहाल्यो भने हिउँ पक्का पर्छ/ नत्र जमेको हिउँ भने खेल्न मिल्ने मौषम अब चाहिँ सकीन थाल्यो/ म गत बर्ष यो समयमा खप्तड पहिलो पटक पुग्ने मौका पाएको थिए/ त्यो समय मलाई अझै पनी याद छ मेरो जिन्दगीमा धेरै कुरा पहिलोपटक अनुभब गर्ने मैले मौका पाएको/ पहिलो पटक हिउँ परेको देखें अनि खेल्न पनी पाए/ पहिलो पटक धेरै जडिबुटी चिन्ने मौका पनि पाएको थिए/




अर्को उपयुक्त सिजन भनेको जेष्ठको दोश्रो तेस्रो हप्ता पनी हो/ त्यो समयमा सुदुर-पश्चिमका आसपास क्षेत्र साथै देश भरिबाट धेरै भक्तजन हरु मेलाभर्न आउछन/ चौर (पाटन) भरि फुलेका रंगी बिरंगी फूलहरु अनि हरिया ठुला ठुला फाँटहरुले ले मन नालोभ्याउँने सायद नहोला/ मेलाको मौकामापनी मैले त्यहाँ पुग्ने अवसर पाएको छु अघिल्लो वर्ष नै /
खप्तड जानको लागि २ वटा बाटोहरु सजिलो मानिन्छ/ पहिलो बझांगबाट अनि दोश्रो डोटीबाट/ हुन त अछाम र बाजुरा बाट पनी बाटोहरु छन तर चल्तीको बाटो भने बझांग र डोटी नै हुन/ मेरो अनुभबमा जो व्यक्ति हिड्न माहिर छ तिनीहरुको लागि डोटीको बाटो छिटो र सजिलो छ/ तर अलि हिड्न डराउनेहरुको लागि बझांग एकदम सजिलो बाटो छ/
डोटी बाट जना चाहने हरुको लागि धनगढी हुदै डोटी सदरमुकाम आउनु पर्छ/ अनि त्यहाँ बाट ५-६ घण्टा हिडेर बक्लेक, झिन्ग्राना हुदै खप्तड राष्ट्रिय निकुन्ज को सिमाना मा पुग्न सकिन्छ अनि त्यहाँ बाट लगभग ८-९ घण्टा को उकालो उक्लेपछि खप्तड निकुन्ज को मुख्य कार्यालय मा पुग्न सकिन्छ/ अहिले बक्लेक सम्म यातायात सुबिधा सुरु गरिएको थाहा पाएको छु तर अघिल्लो वर्ष भने त्यो सुबिधा नहुदा मा हिडेर नै जानु परेको थियो/ भने बझांग बाट जान चाहने हरु को लागि धनगढी हुदै बझांग को तमेल मा गाडी बाट उत्रे पछि छान्ना छेत्र हुदै खप्तड उक्लनु पर्छ/ यो रुट मा हिड्दा साधारणतया सामान्य हिड्ने हरुको लागि ४-५ घण्टा तेर्सो अनि ४-५ घण्टा अलि ठाडो उकालो पर्दछ/



के के आवश्यकता पर्छ??
खप्तडको उच्चतम उचाई भनेको ३०१० देखि ३०५० मिटर भएको ले लेक लाग्ने खालको समस्या हरु प्राय भेटिदैनन/ जुन सुकै समय भए पनी खप्तड मा सधै नै चिसो हुन्छ त्यसैले न्यानो कपडाहरु अनिबार्य रुप मा बोक्नु पर्छ/ क्यम्पिंग गर्न चाहने हरुले त्यसका समान हरु बोक्दा हुन्छ/ सुत्न को लागि स्लिपिंग ब्याग बोक्दा राम्रो/ बाटो मा सबै ठाउँ मा पनी उपलब्ध हुदैन त्यसैले पानी को बोतल अनिबार्य हुन्छ/



खर्च कति लाग्छ??
काठमाडौँ देखि धनगढी सम्म हवाई भाडा रु. ४०००-५००० अनि गाडी भाडा बढीमा रु. १५००
धनगडी बाट बझांग भाडा: रु. ८१५
सिलगडी सम्म भाडा बढीमा रु.५००
खान खर्च सरदर छाक को रु. ७० यो हिसाब ले लगभग अन्य खर्च नजोड्ने हो भने गाडी को यात्रा गरी आउने हरु को लागि रु. ८ देखि १० हजार मा खप्तड को यात्रा गर्न सकिन्छ/ तर हवाई यात्रा गर्ने हरुको लागि यो खर्च बढी नै हुन जान्छ/



के हेर्ने खप्तड मा??
२२५ बर्ग किलोमिटर क्षेत्र मा फैलिएको खप्तड २२ पाटन अनि २१ थुम्काहरूले बनेको छ भनिन्छ/ बझांग, डोटी, अछाम र बाजुराको सिमानाहरु जोडिने यो क्षेत्रमा त्रिबेणी धाम, नागढुंगा, घोडा-दाउने पाटन, अनि खप्तड ताल मुख्य हेर्नेपर्ने ठाउँहरु हुन/ यती मात्रै होइन खप्तडमा लगभग २२४ जात का जडिबुटी हरु पाईन्छ/ नेपाल कै ११% लगभग ५६७ थरि फुल्ने प्रजाति हरु पाइने खप्तड क्षेत्रमा मयुर, डाँफे, बुलबुल,बिभिन्न चिलका जातहरु लगायतका २७० प्रजातिका चराहरु पनी पाइन्छन्/ उच्च पहाडी भेगमा पाइने सबै खालका जंगली जनाबरहरु पनी यहाँ पाइन्छन्/ राम्ररी प्रकृति नियाल्न चाहनेहरु लागि खप्तड को लागि मात्रै ३-४ दिन छुट्याउन आवश्यक हुन्छ/

अरु सन्दर्भहरु
फोटो ब्लग: http://www.phalano.com/?p=711

सम्पूर्ण फोटोहरु: सुबास अधिकारी


1 comment:

  1. Dear Mr. Subash very nice information and pictures, It is great informative and embraceable me too. Thanks Subash and go ahead for further, Specially I like your great pictures.

    ReplyDelete