Sunday, April 1, 2012

ती रक्तचन्दनका भरियाहरु

‘घरबाट भरि बोक्ने भनी ल्याया, के भारी भन्ने थाहा नाइँ अब ह्या’ यहो पो रैछ’ ऋषिदह-७, अछामका दलित बहादुर बुढा ले भने/ रक्तचन्दनको बझांगहुदै चिनको स्वशासितक्षेत्र तिब्बतसम्म तस्करी गर्न भरियाको रुपमा ल्याइएका ११२ जना मध्ये दलित बुढाको गाउबाट मात्रै २७ जना छन् र बाजुरा कैलाशमांडू गाबिस, पान्धाराका २६ जना / ‘यो उ समान भनेन १२ दिन लाग्छ चाइनामा समान पहुचाउनु छ खाइपिई दिनको १,००० रुप्पे दिउली हिन भने आयेउ हजुर’ पान्धाराका चन्द्र बहादुर बुढा भन्दैथे/ बझांग को रिठापाटा र सुबेडा गाबिसको बिच मा पर्ने कचाली गाड (खोला) बाट रिठापाटा कै बारील भन्ने ठाउँ मा पुर्याई सकिएको निकै ठुलो परिमाणमा बरामद गरिएको रक्तचन्दन बोक्ने भरिया हरुको व्यथा हो यो/

कचाली गाडसम्म चामल बोक्ने ट्रकमा ल्याई त्यहाबाट लेकको बाटो हुदै चाइना पुर्याउनेगरी ल्याइएको रक्तचन्दनका यस्तै २ खेप पहिले नै त्यहाँ पुगिसकेको हुनसक्ने पनी ती पक्राउ परेकाहरुले बताए/ नेपाल मा करिब प्रति केजी रु. ८,००० पर्ने यो रक्तचन्दन चाइनामा प्रति केजी रु. ४०,००० भन्दा बढीमा बिक्रि गरिने गरेको बताइन्छ/

घटनामा पक्राउ परेका भरियाहरुको विवरण अनि बिलौना रडियो मार्फत सुनिरहदा खल्लो महशुसभइ राखेको थियो मलाई/ ७ देखि १२ कक्षा सम्म पढ्दै गरेका १५-२० बर्षका केटाहरु दिनको रु १,००० पाउने आशमा ३०-३५ केजीको भति आफ्नो पिठिउमा लादेर हिडेका थिए/ कतिपयको भनाइमा त बाजुराबाट ४-५ दिन लगाएर बझांगको छान्नाक्षेत्र हुदै बझांग पैदल आइपुगेका तिनीहरु ३-४ दिन देखि राम्ररी खानपनी पाएका थिएनन/ ‘आफ्नै मान्छे भनेर भरोसामा आएउ सर ह्या’ त फसाई’द्यो’ तिनीहरु भन्दैथे/ ‘के गर्नु हजुर सधै इन्डिया भारि बोक्न जाने हामी १२ दिनमा १२ हजार दिन्छु भन्यो इन्डियामा बर्ष दिनमा कमाउने यता १२-१५ दिन मै आउछ हिन भने’सी आया’ हौ’ अछाम सिद्धि का २८ बर्षीय गोरेबहादुर बुढा को यो भनाइले पनी प्रष्ट पार्छ कति सजिलै फसाईन्छन् गरिबीले चेपिएका नागरिकहरु दुइ नम्बरी धन्दागर्न पल्केकाहरु बाट/
उदेकलाग्दो कुरा त के भने जुन तस्करी को कारोबार को ठेकेदारी गरेको आरोप लागेका मुख्य नाइके मध्येका एक हरि रावल ती बाजुरेलीहरुकै छिमेकी हुन/ अनि अरु २ जना पनी सायद प्रहरी मा काम गर्छन/ अनि एसएलसीको समयमा धेरै सुरक्षाकर्मीहरु स्कुलहरुमा सुरक्षार्थ खट्ने भएकोले तस्करी सहज गर्न सकिने सुरमा यो बेला रोजिएको थियो/
मेरो मनमा उब्जिएका प्रश्नहरु जसको उत्तर म आफु संग नै थिएनन्
अफ्नो जिबिका चलाउनु कुनै दोष हो र? तिनीहरुले भारी बोकेका थिए तस्करी त होइन नी/ अनि ११-१२ पढ्ने हाम्रो नेपाल का केटाकेटी हरु लाइ यो शिक्षा ले अरुकुरा केहि सिकयेना है फेरी भारि बोक्न बाहेक/ के भारि बोक्नेहरुलाई सधै भरि भारी नै बोक्न लगाउने अनि अरु ब्यबसाय, अरु जिबिकामा लैजान नसिकाउने हाम्रो शिक्षा धनीमानी का सन्तानहरुलाई अमेरिका, युरोप धकेल्ने बाहेक अरु के काम को छ ह? यदि गरिब को काम आउदैन भने यो शिक्षा पढेर साक्षर हुनु र नहुनुमा के नै फरक छ र?

नोट: संगै को फोटो घटना संग सम्बन्धित छैन/

0 comments:

Post a Comment