Wednesday, April 18, 2012

उग्र-तारा मन्दिर: फोटो कथा

तिर्थस्थलहरुको पुर्णता बोकेको नेपालको सुदुरपश्चिमक्षेत्रमा भएका देवीहरुका शक्तिपीठहरु मध्य सबैभन्दा पबित्र मानिने उग्रतारा देवीको मन्दिर डडेल्धुरा सदरमुकामबाट करिब ४ किलोमिटर उत्तर मा पर्दछ/
शान्त अनि सुन्दर परिदृश्यहरु हेर्न पाइने यो मन्दिर क्षेत्र क्रमश: ब्यबस्थित बन्ने क्रममा छ/

यस मन्दिरसंगै एउटा प्रचलित धार्मिक कथा पनी जोडिएको पाइन्छ/ सृस्टिसंगै ब्रमाण्डको सरल संचालनको लागि महालक्ष्मीले महासरस्वती (सकारात्मक) र महाकाली (नकारात्मक) को रुपमा आफुलाई अलग गरेको पाइन्छ/
त्यसपछी महालक्ष्मीले महासरस्वती र महाकालीलाइ मानब को सृस्टि गर्न आदेश दिईन/
ती दुई मध्ये महासरस्वति बाट उत्पति भएका उमा, गौरी, सति, चण्डी, सुन्दरी, सुभागा नाम गरेका देवीहरुको नामनै पछि स्थानीय रुपमा परिवर्तित भइ निगालासैनी, त्रिपुरासुन्दरी, मेलौली भगबती, डिलासैनी, र उग्रतारा हुन गएको यहाँ बिश्वास गरिन्छ/
यस क्षेत्र का अन्य प्रसिद्ध शक्तिपीठ हरुमा शैलेश्वरी (डोटी), बडी-मालिका (बाजुरा) र सुर्मादेवी (बझांग) रहेका छन्/ नोट: सम्पूर्ण फोटाहरु उग्रतारा मन्दिरका हुन र संगैका लेखाइहरु जानकारीको लागि मात्र हुन/ फोटो: सुबास अधिकारी

1 comment: