Tuesday, June 7, 2011

मौसम परिवर्तन

सायद यसलाई मौसम परिवर्तन भन्छन् क्या हो...हामी त के जानौ अनि ति बिचरा बझांगी हरुले झन के जानुन. मलाई त पहिले पहिले यो मौसम परिवर्तन भन्ने कुरा साँचो कुरा भन्दा पानी धेरै आफ्नो नियत अनि राजनीतिक कुरा जोडिएको जस्तो लाग्थ्यो. कसैलाई केहि जानकारी नभए पछि क भयो भनेर खोजनै नपर्ने मौसम परिवर्तन ले भाको भन्दे हुने सजिलो कुरा जस्तो लाग्थ्यो तर..अहिले देखिने प्रकृति को नया रुप ले साच्चिकै यो हुन्छ अनि असर देखौदैछ भन्ने लाग्दै छ..

यो पाली यहाँ बझांग मा लालीगुरास देखिन मैले..जुन मौसम मा यो हुन्छा भन्ने मलाई थाहा थियो..त्यो मौसम मा यो पाला भएन..अलि चाडै नै यो फुलेर सकिएछ...

चैत मा मैले जब यता बेमौषमी तरकारी को नर्सरी को तालिम दिएर फर्के अनि अकल्पित मौसम को कारण सबै कुरा खत्तम भए..तेस्को लगत्तैपछि ति ठाउँ हरुमा भयङ्कर हिमपात भयो..के थाहा मलाई चैत मा हिमपात हुन्छ भन्ने..

यहा को २२००-२३०० मिटर को उचाई का ठाउँहरुमा आजकल लामखुट्टे पाइन्छन्...


साच्चै यो पालाको सिजन को परिवर्तन ले हामी जस्ता...बिकाशे... हरुलाई त खत्तम नै बनाउने भो...एउटा कुरा भन्यो सिकायो...राम्रो होला जस्तो हुन्छ अनि कहिले बेसरी पानी पर्छ अनि सबै खत्तम हुने गरी बिगरिदिन्छ..कहिले हिउँ धेरै पर्छ अनि तेस्तै बिगार्ने मात्रै गर्छ...क गर्नु हो हामी..न केहि उपकरण न केहि प्रविधि..मात्र एउटा झोला को भरमा प्राबिधिक बनेर हिड्ने हरु..

सायद संसार मा अविकसित देश मा मान्छे भएर जन्मनु नै गल्ति होइन भने किन अरु कथित बिकासशील देश हरु ले गरेको मोज को कारण ले हामीले दुख पाउदैछौ..न हाम्रो बोलि ले कम गर्ने..करोडौ खर्च गरेर हाम्रो देश का नब राजा हरुले सगरमाथाको फेदी मा बसेर चिया चुस्की लगाउदै गफ मारेको त कम लागेन यो नेपाल को ७३ औं बिकसित जिल्ला मा 'खान नपाएर कमाउन'आको मैले के नै गर्न सकौला..हदै भए नया जोगी बनेर भिक मागेर नया प्रोजेक्ट ल्याएर यहाका जनता को बिजोग स्थिति लाई कागज मा लेखेर अझै बढी पैसा कमाउला..

खाध्य असुरक्षा, मौसम परिवर्तन यी ओजनयुक्त शब्द हरुलाई आफ्नो स्वार्थ लागि प्रयोग नगरी त्यो बाट साच्चिकै पिडित गरिब जनता को हित मा प्रयोग गरिदिए साच्चै कत्ति जति हुने थ्यो नि...